पहिलो पटक ३ सय २९ जना चार्टर्ड एकाउन्टेन्ट दीक्षित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पहिलो पटक ३ सय २९ जना चार्टर्ड एकाउन्टेन्ट दीक्षित



काठमाडौं, १८ माघ  । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय २९ जना चार्टर्ड एकान्टेन्टहरुलाई आज दीक्षित गरेकी छिन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आज राजधानीमा प्रथम दीक्षान्त समारोह गरी उनीहरुलाई दीक्षित गरेको हो ।

चार्टर्ड एकान्टेन्ट्सहरुलाई दीक्षित गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका गहन हुने भएकाले आचारसंहिता पालना गर्दै काम गर्न आग्रह गरिन् ।

कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौड्यालले दीक्षित चार्टर्ड एकाउन्टेन्टहरुबाट देशले धेरै अपेक्षा गरेको बताए ।

समयअनुसार चार्टर्ड एकाउन्टेन्टको पठनपाठन परिमार्जन गर्दै लैजान आफू सक्रिय रुपमा लागी परेको बताए ।

कार्यक्रमका सहभागीहरुले चार्टर्ड एकाउन्टेन्ट पठ्न विदेशिनुपर्ने अवस्था अन्त्य गराउन सरकारलाई सुझाव दिएका छन् ।

प्रकाशित : १८ माघ २०७३, मंगलवार ०७:५३