भत्केका संरचना पुनर्निर्माण गर्न काठ आपूर्ति सहज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भत्केका संरचना पुनर्निर्माण गर्न काठ आपूर्ति सहज



काठमाडौं । सरकारले विनाशकारी भूकम्पले क्षति पु¥याएको भौतिक संरचनाको पुनर्निर्माण गर्न आवश्य पर्ने काठको आपूर्तिलाई सहज बनाएको छ । बन तथा भू–संरक्षण मन्त्रालयले चुरे क्षेत्रस्थित सामुदायिक वनभित्र सडेका काठ आन्तरिक खपत गर्ने व्यवस्थालाई सुधार गरी व्यवसायिक प्रयोजनका लागि काठ विक्री गर्न पााउने नीतिगत निर्णवय गरेको छ । 1206421811_1434680586व्यवसायिक प्रयोजवनका लागि विक्री गर्न झन्झटिलो नीति थियो । मन्त्रालयको वन श्रोत आंकलन कार्यक्रमको तथ्यांकअनुसार चुरे क्षेत्रमा मात्रै ढलेको, सुकेको, रोग लागेको काठ मात्रै ३८ करोड क्यूफिट छ । भूकम्पले भत्काएका घर पुनर्निर्माण गर्न ३ करोड क्यूफिटभन्दा बडी काठ आवश्यक देखिएको छ । देशभर वार्षिक २ करोड क्यूफिट काठ खपत हुने गरेको छ । मन्त्रालयका अनुसार चुरे क्षेत्रको काठ व्यापारिक प्रयोजनका लागि खुला भएपछि सामुदायिक वनबाट ७५ प्रतिशत काठ उपभोक्ता समूहले नै बेच्न पाउने र २५ प्रतिशत मात्रै जिल्ला वन आपूर्ति समतिलाइृ दिइने छ । जिल्ला आपूर्ति समितिलाई उपलब्ध गराएको काठ जिल्लामा खपत भइृ बढी भएमा छिमेकी जिल्लाको वनपैदावार आपूर्ति समिति तथा अन्य जिल्लमा उपलब्ध गराइने, भूकम्पप्रभावित जिल्लामा काठ आपूर्ति गराउन वन विभागले कार्यविधि तयारी गर्ने निर्णय गरेको छ । आजको कारोबारबाट ।

प्रकाशित : ४ असार २०७२, शुक्रबार ०२:३२