फागुन १२ देखि औद्योगिक प्रदर्शनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फागुन १२ देखि औद्योगिक प्रदर्शनी



काठमाडौं १९ माघ। घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा फागुन १२ देखि १७ सम्म २८ औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।

‘मेड ईन नेपाल गौरव गरौ, स्वदेशी वस्तु प्रयोग गरौं‘ भन्ने नाराका साथ आयोजना हुन लागेको सो प्रर्दशनीमा ७५ जिल्लाका लघु, घरेलु तथा साना उद्यमीहरु सहभागी हुने छन् । मेलामा एउटै छानामुनीवाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको घरेलु तथा साना उद्योग विकास समितिका प्रवक्ता एंव उप कार्यकारी निर्देशक राजेन्द्र मिश्रले बताए ।

प्रदर्शनीको माध्यमवाट उद्यमीलाई आफ्ना विविध वस्तु प्रदर्शन तथा विक्रीका माध्यमवाट अत्यधीक फाईदा पुग्ने अपेक्षा गरिएको छ । प्रर्दशनीमा प्राकृतिक रेशावाट उत्पादीत कपडा र विविध वस्तुहरु, सुर्खेत जाजरकोटको किमती पत्थर, सिस्नुको पाउडर,जडीवुटी वाँसका कपडा तथा विविध वस्तुहरु, मिथिला आर्ट प्रमुख आकर्षकको रुपमा रहने छन् ।

प्रकाशित : १९ माघ २०७३, बुधबार ०८:३१