शिखर इन्स्योरेन्सको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शिखर इन्स्योरेन्सको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट नियुक्त



काठमाडौं, २० माघ  । शिखर इन्स्योरेन्सले घोषणा गरेको साधारण शेयर (एफपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट नियुक्त भएको छ । इन्स्योरेन्स कम्पनी र एनआइबिएल क्यापिटल मार्केट बिच बुधबार निष्काशन तथा बिक्रि प्रबन्धकको सम्झौता भएको छ ।

शिखर इन्स्योरेन्सको १२ औं साधारण सभाले कम्पनीको साधारण शेयरको अनुपात ४० प्रतिशत पु¥याउन साधारण शेयरको नयाँ निष्काशन गर्ने गरेको निर्णय बमोजिम कम्पनीले १३ लाख ६२ हजार ७८१ कित्ता साधारण शेयर रु.१५२० प्रिमियम सहित रु.१६२० मा निष्काशन गर्ने प्रकृयामा रहेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको दोस्रो त्रैमासिक प्रतिवेदन बमोजिम कम्पनीको कुल बीमा व्यवसायमा ७७ प्रतिशतको वृद्धि भएको छ भने खुद नाफामा ८० प्रतिशतको वृद्धि भएको छ । कम्पनीको हालसम्म ३५ वटा शाखा रहेको छ भने थप ५ वटा शाखा थप गर्ने क्रममा रहेको बताइएको छ ।

प्रकाशित : २० माघ २०७३, बिहीबार ०६:३३