कर दाखिला गर्ने समय थपियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कर दाखिला गर्ने समय थपियो



काठमाडौं । भूकम्पका कारण सिर्जना भएको जटिल परिस्थितिका कारण करदाताहरुले नियमित रुपमा पेश गर्नुपर्ने विवरण तथा रकम दाखिला गर्ने समय थप गरिएको छ ।

मुलुकमा संकट आइलागेकाले २०७२ वैशाख २५ गते तथा वैशाख मसान्तसम्म पेश गर्नुपर्ने आवश्यक विवरणहरु र सो अनुसार कर रकम दाखिला गर्ने म्याद थप गरिएको हो । सरकारको बुधबारको निर्णय अनुसार उक्त समय जेठ ७ सम्म थप गरिएको हो ।

उक्त निर्णयानुसार २०७१ चैत महिनाको मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसार बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण, अन्तःशुल्क ऐन, २०५८ अनुसार बुझाउनु पर्ने विवरण र आयकर ऐन, २०५८ बमोजिमको अग्रिम करकट्टीको विवरण बुझाउने र उल्लेखित विवरण अनुसार तिर्नुपर्ने कर तथा शुल्क दाखिला गर्ने म्याद जेठ ७ गतेसम्मलाई थप गरिएको हो ।

आर्थिक ऐन, २०७१ बमोजिम जमा गर्नुपर्ने २०७१ चैत महिनाको टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत थपिएको छ ।

प्रकाशित : ३० बैशाख २०७२, बुधबार ०९:४८