नेसनल आइसिटी अवार्ड २०२२बाट इन्फोडेभलपर्स सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेसनल आइसिटी अवार्ड २०२२बाट इन्फोडेभलपर्स सम्मानित



काठमाडौं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८०को अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए वापत नेपाल  सरकारले नेसनल आइसिटी अवार्ड २०२२ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रा. लि.लाई  सम्मानित गरेको छ ।

यसैगरी पूर्व सहसचिव विरेन्द्र मिश्र नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२, नेशसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२ वुमनबाट प्राध्यापक तिमिला यामी थापा, नेशनल आईसीटी अवार्ड (पब्लिक सेक्टर) २०२२ बाट सर्वोच्च अदालत र नेशनल आईसीटी इन्नोभेसन नवप्रवर्तन अवार्ड २०२२ प्रिक्सा टेक्नोलोजी र नेशनल आईसीटी अवार्ड २०२२ (प्राइभेट सेक्टर)बाट इन्फोडेभलपर्स प्रा. लि. र गर्भनेन्स अटोमेसन सोलुसन प्रा. लि. सम्मानित  भएका छन्।

इन्फोडेभलपर्स विगत दुई दशकदेखि नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशिल र अग्रणी कम्पनी हो । इन्फोडेभलपर्सले नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि महत्वपूर्ण सफ्टवेरहरु विकास गर्दै प्रयोगमा ल्याएको छ । इन्फोडेभलपर्सले नेपालको पहिलो कोर बैंकिङ्ग सफ्टवेयर पुमरीलाई मर्ज गरेर नेपालसहित अन्तर्राष्ट्रिय बजार विस्तारमा समेत काम गरिरहेको छ ।

इन्फोडेभलपर्सको १० भन्दाबढी महत्वपूर्ण सफ्टवेयर प्रडक्टहरु बजारमा छन् । पुमरी, मोबाइल बैंकिङ्ग सेवा, इन्फो ट्याब, वित्तीय सेवा, इन्फिनिटी लगायतका महत्वपूर्ण प्रडक्टहरुले फिनटेक क्षेत्रलाई डिजिटल युगमा परिवर्तन गर्न सघाउ पुर्याएको छ ।

यसैगरी आधुनिक बैंकिङ्गलाई लक्षित गरेर एआई र क्लाउडमा आधारित अन्तराष्ट्रिय स्तरको नयाँ सफ्टवेयर विकासको क्रममा कम्पनी रहेको छ। कम्पनीले नेपालकै लागि सफ्टवेयरहरु विकास गर्दै सफ्टवेयर उद्योगमा महत्वपूर्ण योगदान दिएको  छ । 

कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ५ भन्दा बढी अवार्ड प्राप्त गरिसकेको छ ।  वार्षिक ६५ करोड बढीको कारोबार गरिरहेको कम्पनी इन्फोडेभलपर्सले डिजिटल नेपाल तथा डिजिटल रुपान्तरणको प्रयासमा राष्ट्रको लागि महत्वपूर्ण योगदान समेत पुर्याइरहेको छ ।  कम्पनीमा हाल ३५० भन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन्।

प्रकाशित : २० बैशाख २०८०, बुधबार १३:२१