डरलाग्दाे खुलासा – काठमाडाैमा सुनसंगै हतियार पनि भित्रन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डरलाग्दाे खुलासा – काठमाडाैमा सुनसंगै हतियार पनि भित्रन्छ



नेपालगन्ज २४ माघ । भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ ।नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हाे । यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ ।

लागूऔषध ब्युरोको टोलीले जमुनाहाबाट पठानलाई नियन्त्रणमा लिएको हो । पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो ।भारतको रिसियाबाट पेस्तोर र गोली बोकेर आएका पठानले काठमाडौं सप्लाई गर्ने खुलासा गरेका छन् ।
स्रोतका अनुसार पठानको समुहमा अझै आधा दर्जन रहेका छन् ।

भारतबाट नेपालगन्ज र नेपालगन्जदेखि काठमाडौंसम्म साना हतियार पुर्याउनका लागि एउटा गिरोह नै सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । काठमाडौंमा क कस्ले यहाँबाट हतियार मगाउँछन् भन्ने बारेमा पनि सेधीखोजी थालिएको प्रहरीले बताएको छ । यस्ता साना हतियार डन हरुले बढी प्रयोग गर्ने गरेको सम्बद्धहरु बताउँछन् ।  आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ०४:०१