फेडरल रिजर्बद्धारा ब्याज दर नबढाउने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फेडरल रिजर्बद्धारा ब्याज दर नबढाउने निर्णय



1344480489_1434711985कठमाडौं । फेडरल रिजर्वले आफ्नो बेंचमार्क ब्याजदरमा तत्काल कुनै  परिबर्तन नगर्ने निर्णय गरेको छ, तर फेडको मौद्रिक नीति समबन्धी भएको छलफलमा सहभागीहरुका अनुसार वर्षको अन्ततिर ब्याज दरमा ० दशमलब ५ प्रतिसतले बढ्न सक्ने बताएका छन् । हाल अमेरिकी अर्थतन्त्र सामान्य रहेको बताएका छन् ।

फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले २०१५ मा अमेरिकी आर्थिक वृद्धि दर १ दशमलब ८ बाट बढेर २ प्रतिसत मात्र रहने अनुमान गरेको थियो जबकि गत मार्च महिना मौद्रिक नीतिमा आर्थिक वृद्धि दर २ दशमलब ३ बाट २ दशमलब ७ प्रतिसत रहने पूर्व अनुमान गरेका थिए । लेकिन, एफएमओसीले आशा गरेको छ कि अर्थतन्त्र बिस्तारि आफै बिस्तारै सबल हुदै जाने र आगामी वर्षसम्म आर्थिक वृद्धि दर तक २ दशमलब ३ देखि २ दशमलब ७ प्रतिसत पुग्ने बताएका छन् । बेरोजगारी दर पनि भारी मात्रामा कम हुने अनुमान गरिएको छ । कमिटीले चालु आर्थिक वर्षको अन्तसम्म बेरोजगारीको दर ५ दशमलब ५ प्रतिसतले घटेर ५ दशमलब २ प्रतिसत हुने र २०१६ सम्म ४ दसमलब ९ प्रतिसत अनुमान व्यक्त गरेको छ ।

आफ्नो नीतिगत प्रतिबेदनमा एफओएमसीले, अप्रिल महिनाको आर्थिक आंकडाले पहिलो त्रैमासिकमा आशा गरे भन्दा थोरै मात्र परिबर्तन भए पनि बिस्तारै अगाडी बढेको देखिन्छ र बेरोजगारी दरमा खासै ठुलो परिबर्तन नभए पनि नँया रोजगार सिर्जना भने तिब्री गतिमा भएको बताएको छ ।

अमेरिकी ब्याज दरमा हुने भनिएको संभावित वृद्धिले दुई वर्षमा अन्तरास्ट्रिय बजारमा हलचल मचाएको थियो । अमेरिकको ब्याज दर बढेमा धरै देशहरुको अर्थतन्त्रमा ठुलो असर हुनेछ ।

प्रकाशित : ५ असार २०७२, शनिबार ०५:४७