भूकम्पबाट ५४ जना साना तथा मझौला उद्योगीहरुको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भूकम्पबाट ५४ जना साना तथा मझौला उद्योगीहरुको मृत्यु



काठमाडौं। भूकम्पबाट ५४ जना साना तथा मझौला उद्योगीहरुको मृत्यु भएको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिनुभएको छ । उहांले भूकम्पले ओद्योगिक क्षेत्रमा १७ अर्ब २७ करोड रुपैंयाको क्षति पु¥याएकोमध्ये ७ अर्ब ५२ करोडको भौतिक क्षति र ९ अर्ब १७ करोड रुपैंयाको नोक्सानी रहेको उहांको भनाई छ ।
मन्त्री बस्नेतले भूकम्पका कारण औद्योगिक क्षेत्रमा रहेका १ सय १३ भवन कामै नलाग्ने अवस्थामा पुगेको बताउंदै भूकम्पबाट प्रभावित भएका उद्योगीलाई ५० लाखदेखि १ करोड रुपैंयांसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरिरहेको मन्त्री बस्नेतले जानकारी दिनुभयो । आजको समाचारपत्रबाट ।

प्रकाशित : ५ असार २०७२, शनिबार ०५:५१