रुरल माइक्रोफाइनान्सको मुनाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रुरल माइक्रोफाइनान्सको मुनाफा कति ?



काठमाडौं, २४ माघ । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टल लिमिटेड ले दोस्रो त्रैमासमा खुद मुनाफा ८ करोड ६६ लाख रुपैयाँ कमाएको छ जुन गत वर्षको तुलनाभन्दा ६ दशमलव ४३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड १४ लाख रुपैयाँ कमाएको थियो ।

६९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी भएको रुरल माइक्रोफाइनान्सले जगेडकोषमा १ अर्ब १९ करोड ७ लाख रुपैया राखेको छ । जसले कर्जामा २४ दशमलव ७१ प्रतिशतले वृद्धि गरी ५ अर्ब ३३ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानीमा १२ दशमलव २१ प्रतिशतले बढेर १४ करोड ७० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७ प्रतिशतले वृद्धि गरी १३ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

रुरल माइक्रोफाइनान्सको जोखिम युत्त सम्पत्ति २६ दशमलव ४० प्रतिशत, निष्कृय कर्जा शुन्य, प्रतिशेयर आम्दानी वार्षिक २५ दशमलव ०४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २४ गुणा र प्रतिशेयर नेटवर्थ २ सय ७२ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात १६ दशमलव ७४ प्रतिशत रहेको छ ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ०६:५७