हिमालयन बैंकले बाल अस्पताल निर्माण गर्न २० लाख रुपैयाँ आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

हिमालयन बैंकले बाल अस्पताल निर्माण गर्न २० लाख रुपैयाँ आर्थिक सहयोग



काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेपाली हाइट, बुढानिलकण्ठ काठमाडौं स्थित काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्नका लागि रुपैयाँ बीस लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

सन् २०१७ सालमा स्थापना भएको काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ ।

सो संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याइ सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो संस्थाका अध्यक्ष प्रो।डा। भगवान कोइरालालाई सो रकम बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा एक समारोहका बीच हस्तान्तरण गर्नु भएको थियो ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार १२:१८