बालबालिकालाई थप सशक्तीकरण र सिर्जनशील बनाउन शनिबार आर्ट कार्यशाला हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

बालबालिकालाई थप सशक्तीकरण र सिर्जनशील बनाउन शनिबार आर्ट कार्यशाला हुँदै



काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनले बालबालिकालाई थप सशक्तीकरण र सिर्जनशीलतालाई प्रेरित गर्न आर्ट कार्यशाला आयोजना गर्ने भएको छ। नेपाल इन्टरनेट फाउन्डेसनले जेठ ६ गते शनिबार काठमाण्डौको बौद्धस्थित उत्पला क्याफेमा उक्त कार्यशाला आयोजना गर्न लागेको हो। कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गर्नेछन्।

‘इन्टरनेट बालबालिकाका लागि हो’ भन्ने उद्देश्यका साथ आयोजना गरिने कार्यशालामा बालकालिकाले आफ्नो कलात्मक क्षमताहरु अन्वेषण गर्न सक्ने सीपहरु बढाउन सक्ने र कला सिर्जना गर्ने आनन्दको अनुभव गर्न सक्ने आयोजकको दाबी छ। ‘बालबालिकाहरुलाई आफूलाई अभिव्यक्त गर्न र आफ्नो सिर्जनात्मक क्षमता पत्ता लगाउन सक्ने सकारात्मक र पालनपोषण गर्ने वातावरण उपलब्ध गराउने लक्ष्य राखेका छौँ’, नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी तजन्ना श्रेष्ठले भनिन्।

कला र शिक्षाको माध्यमबाट बालबालिकालाई सशक्तिकरण गर्ने उद्देश्य रहेको श्रेष्ठको भनाइ छ। कोरोना महामारीकै बेला सुरु गरिएको नेपालका अनाथ बालबालिकालाई सुरक्षित र निःशुल्क इन्टरनेट कार्यक्रम ‘एक अभियान’को रुप हो। यसले कला र पेन्टिङमार्फत बालबालिभित्र लुकेर रहेको अथाह प्रतिभा उजार गर्न मद्दत गर्ने र इन्टरको प्रयोगबाट डिजिटल डिभाइड पनि सुधार हुने लक्ष्य राखेको आयोजको भनाइ छ। यो अभियानलाई निःशुल्क रुपमा वडलिंक कम्युनिकेसनले इन्टरनेट प्रदान गरेको छ।

हाल वर्ल्डलिंककै सहयोगमा बूढानीलकण्ठ नगरपालिकामा रहेका ३९ बालबालिकाको घरमध्ये २१ वटा बालबालिकाको घरमा निःशुल्क इन्टरनेट जडान गरेर उनीहरुको प्रतिभारकलालाई निखार्ने काममा थप सहयोग पुगिरहेको आयोजकको दाबी छ।

कार्यशालामा वरिष्ठ कलाकार तथा सल्लाहकारहरुले बालबालिकालाई सिकाउनेछन्, जसमा विभिन्न कला प्रविधि र माध्यम हुनेछन्।

कार्यशालामा सहभागी हुने तथा अतिथिले १ हजार रुपैयाँको टिकट खरिद गर्नुपर्नेछ। चित्रकला, रेखाचित्र र स्क्र्याचलगायत कलात्मक अभिव्यक्तिका विभिन्न रुपहरु सिक्ने र प्रयोग गर्ने अवसर पाउनेछन्।

कार्यशालामा ५०० रुपैयाँ शुल्क तिरेर आफैँले गरेको पेन्टिङ थप ५०० रुपैयाँ तिरेर घरसमेत लैजान सकिने आयोजकले जनाएको छ। अन्यथा उक्त पेन्टिङलाई त्यहाँ दान दिनुपर्नेछ। सो पेन्टिङलाई आयोजकले बिक्री गरेर आएको रकम बालिबालिकाका लागि इन्टरनेट पहुँचमा खर्च गर्नेछ।

कार्यशालाले अन्तर्क्रियात्मक सत्रहरु सञ्चालन गर्नेछ। जहाँ बालबालिकाले समुदाय र एकताको भावनालाई प्रेरित गर्न आफ्ना कथा र अनुभव बाँड्नेछन्। नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको यस वर्कसपलाई वर्ल्डलिंक, बूढानीलकण्ठ जेसीआई, लजगा र उत्पला क्याफेको सहयोग रहेको छ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार १४:१०