आइजीआई प्रुडेन्सियलको सीईओ बने युगेश भक्त बादे श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइजीआई प्रुडेन्सियलको सीईओ बने युगेश भक्त बादे श्रेष्ठ



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्त बादे श्रेष्ठ बनेका छन। बादे श्रेष्ठलाई सीईओ नियुक्ति गर्नका लागि काम्पानीले पठाएको फाइल प्राधिकरणले आज स्वीकृति गरेको हो ।

बैशाख २७ गते एकिकृत कारोबार शुभारम्भ गरेको आइजीआई प्रुडेन्सिल साविक आइएमइ जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको स्बीमा कम्पनी हो।

साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

आइजिआईका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र प्रुडेन्सियलका नायव प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना आइजीआई प्रुडेन्सियलमा पनि नायव प्रमुख कार्यकारी अधिकृत नै भएका छन् । यो निर्जीवन बीमा क्षेत्रको ५ औ सफल मर्जर हो ।

प्रकाशित : ६ जेष्ठ २०८०, शनिबार १६:२१