हिमालयन जनरल इन्स्योरेसको मुनाफा १७ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन जनरल इन्स्योरेसको मुनाफा १७ प्रतिशतले वृद्धि



काठमाडौ, माघ २५ । हिमालयन जनरल इन्स्योरेस कम्पनी ले दोस्रो त्रैमासमा १७ दशमलब ४६ प्रतिशतले वृद्धि गरी ४ करोड ३ लाख रुपैयाँ मात्र खुद मुनाफा कमाएको छ । गत बर्षको सोहो अवधिमा हिमालयन जनरल इन्स्योरेन्सले नाफा ३ करोड ४३ लाख रुपैयाँ कमाएको थियो ।

३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ७ करोड ४८ लाख रुपैयाँ राखेको छ । जसको आम्दानी १७ दशमलब ५४ प्रतिशतले बढेर ६ करोड ७७ लाख रुपैयाँ कमाएको छ भने खर्च पनि १७ दशमलब ३९ प्रतिशतले बढेर २ करोड ७४ लाख रुपैयाँ रहेको छ । कम्पनीले कुल ६० करोड ६८ लाख रुपैंया बीमा शुल्क आर्जन रहेको छ । त्यस्तै २५ करोड ३४ लाख रुपैंया बराबरको कुल दाबी भुक्तानी गरेको छ। कम्पनीको जारी बीमालेख संख्या १३ हजार ४ सय ९५ वटा रहेको छ भने दाबी भुक्तानी संख्या २ हजार ४ सय ६३ वटा रहेको छ ।हिमालयन जनरल इन्स्योरेन्सको प्रति शेयर आम्दानी १० दसमलब ४८ रुपैयाँ ,मूल्य आम्दानी अनुपात १ सय २६ दशमलब ८१ गुणा, प्रति शेयर नेटवर्थ १ सय ९३ दशमलव ३६ रुपैयाँ र प्रति शेयर कुल सम्पतिको मूल्य ३ सय ६९ दशमलव ५२ रुपैयाँ रहेको छ ।

प्रकाशित : २५ माघ २०७३, मंगलवार ०५:५६