प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा जेठ २६ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा जेठ २६ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही जेठ २६ गते गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाडौँको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट बस्ने निर्णय गरेको हो।

केही दिन अघि प्रकाशित सूचना संशोधन गर्दै कम्पनीले आज आइतबार साधारणसभाको नयाँ मिति तोकेको हो । यसअघि विशेष साधारणसभा बोलाएको कम्पनीले सूचना प्रकाशित गर्दै अहिले सच्चाएर पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ । कम्पनीले चुक्तापुँजीको ९.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

त्यस्तै सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ । मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव, प्रभु र महालक्ष्मी लाइफबीचको मर्जरका लागि कायम १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ ।

प्रकाशित : ७ जेष्ठ २०८०, आईतवार ११:५६