यस्तो छ राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

यस्तो छ राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था



काठमाडौं । चालु आर्थिक वर्षको बैशाख मसान्तमा राष्ट्रिय सहकारी बैंकमा २७.०७ प्रतिशत तरलता रहेको छ । एक महिनाकाे वित्तीय विवरण अनुसार हाल बैंकको तरलता रकम भने १२ अर्ब ४९ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

बैशाख मसान्तसम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ८७३ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ५२६ रहेको छ । यस अवधिमा सहकारी बैंकको ऋणीको संख्या बढेको पाइएको छ । चैत मसान्तसम्म उक्त ऋणीको संख्या २ हजार ५१७ रहेको थियो ।

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४६ अर्ब १६ करोड ६६ लाख, ऋण लगानी ३३ अर्ब ४२ करोड एक लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैैंकको ऋण लगानी पनि घटेको छ । चैत मसान्तसम्म बैंकले ३३ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ ऋण लगानी गरेको थियो ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ६८ करोड र कुल सम्पत्ति ५४ अर्ब १८ करोड १९ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ७ जेष्ठ २०८०, आईतवार १३:०५