खुल्यो त्रिपाल घोटालाको रहस्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खुल्यो त्रिपाल घोटालाको रहस्य



काठमाडौं । सहरी विकास मन्त्रालयको केही सय त्रिपाल भरपाई नगरी वितरण गरेको स्विकारेको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिलाइृ जानकारी गराउने क्रममा सहरी विकासमन्त्री नारायण खड्काले वितरण गर्न लैजाँदा बाटोमा खोसाखोस भएपछि भरपाई हुन नसकेको बताए ।

‘त्रिपाल वितरण गर्न लैजांदा बाटोमा खोसाखो नभएको होइन, प्रहरीले पनि केही गर्न सकेन’, खड्काले भने । भूकम्प गएपछिको अवस्था निकै त्रासदीपूर्ण रहेकाले त्रिपालको भरपाई राख्न नसकिएको भनाई उनको थियो । अहिले कुनै पनि निष्कर्षमा पुग्दा त्यतिबेला कर्मचारीको मनेभावलाइृ बिर्सन हनहुने तर्क उनले राखे ।

‘सबै पसल बन्द थिए । सरकार असफल भयो, नालायक भयो । एउटा पाल पनि दिन नस्कने भनी दबाब आइरहेको थियो । डर, त्रासबीच त्रिपाल खरिद र वितरण गर्दा केही कमजोरी भए होलान्’ भावनामा बहकिंदै मन्त्री खड्का भन्दै थिए, ‘जनताको जीवन बचाउने राष्ट्रको दायित्व हो । यो दायित्व पूरा गर्न दिनभर त्रिपालका लागि बार्गेनिङ गरेर बसेको भए सकिंदैनथ्यो ।’ आजको नागरिकबाट ।

प्रकाशित : ५ असार २०७२, शनिबार ०६:०९