१२० मिलियन डलर ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

१२० मिलियन डलर ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले जापान सरकारबाट प्राप्त हुने मानव शंशाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता र विद्यालय क्षेत्र आयोजनाशिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृति गर्ने निर्णय भएको छ ।

बैठकले भन्सार महसुलसम्बन्धी नयाँ विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलवार १८:०८