अजोड र युनाइटेड इन्स्योरेन्सकाे एकिकृत कारोबार जेठ १४ गतेदेखि, मर्जर पश्चात चुक्ता पूँजी एक अर्ब ९० करोड पुग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

अजोड र युनाइटेड इन्स्योरेन्सकाे एकिकृत कारोबार जेठ १४ गतेदेखि, मर्जर पश्चात चुक्ता पूँजी एक अर्ब ९० करोड पुग्ने



काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । अन्तिम सम्झौता अनुसार युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने सहमति भएको हो।

गत चैत १६ गते मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीबीच गत पुस २६ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । मर्जरका लागि नेपाल बीमा प्राधिकरणले गत पुस २९ गतेनै सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।

शेयर स्वाप रेसियो युनाइटेड र अजोड इस्योरेन्सबीच १०० बराबर ८२.५० हुने सहमति भएको छ । हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ७ करोड ९५ लाख ६८ हजार रहेको छ । यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । अजोड इन्स्योरेन्सको चुक्तापूँजी भने १ अर्ब रहेको छ ।

मर्जर पश्चात चुक्ता पूँजी एक अर्ब ९० करोड पुग्नेछ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी जुटाउन कम्पनीलाई अझै ६० करोड आवश्यक पर्नेछ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ ।

युनाइटेड इन्स्योरेन्स पुरानो निर्जीवन बीमा कम्पनी हो भने अजोड इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनी हो । प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता भाडिएपछि अजोड इन्स्योरेन्सले युनाइटेडसँग मर्जर प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार १३:४४