मानुषी लघुवित्तले बोलायो साधारण सभा, के–के छन् एजेन्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

मानुषी लघुवित्तले बोलायो साधारण सभा, के–के छन् एजेन्डा ?



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले जेठ ३२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा दिव्यश्वरी पार्टी प्यालेस, एन्ड क्याटरिङ, लोकन्थली भक्तपुरमा बिहान १०.३० बजेबाट गर्ने निर्णय गरेको हो ।

संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि संस्थाले जेठ १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । मानुषी र श्रीजनशील लघुवित्त एक आपसमा मर्ज हुँदैछन् । यी दुई बीच चैत ३ गते एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहीबार ११:११