सुनको मुल्य ताेलामा एक हजारले घट्यो, चाँदीको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य ताेलामा एक हजारले घट्यो, चाँदीको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।

बुधबार भने छापावाल सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहीबार ११:३०