सिटिजन बैंकमा जागिर खाने हो ? यस्ता छन् सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सिटिजन बैंकमा जागिर खाने हो ? यस्ता छन् सुविधा



काठमाडौं । सिटिजन बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।

बैंककाअनुसार म्यानेजमेन्ट प्रशिक्षार्थी, प्रशिक्षार्थी सहायक र कानुनी तथा सेयर शाखाका लागि प्रशिक्षार्थी सहायक पदका लागि रोजगारीको खुलाइएको हो । बैंकका विभिन्न शाखाहरुमा खाली रहेका पदहरुका लागि रोजागरु खुलाइएको बैंकले जनाएको छ ।

म्यानेजमेन्ट प्रशिक्षार्थी पदका लागि इच्छुक आवेदकले एमबिए डिग्री प्राप्त गरेको हुनुपर्ने बैंकले जनाएको छ । कुनै पनि अनुभव नभएकाहरुले पनि उक्त पदमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै, प्रशिक्षार्थी सहायक पदका लागि न्युनतम ब्याचलर्स डिग्री भएकाहरुले आवेदन दिन सक्नेछन् । उक्त पदका लागि पनि कुनै पूर्व अनुभव आवश्यक नभएको बैंकले जनाएको छ । कानुनी तथा सेयर शाखाका लागि आवेदन दिन चाहनेहरुका लागि भने कानुनी विषयमा न्युनतम ब्याचलर्स डिग्री आवश्यक रहेको बैंकले जनाएको छ ।

बैंककाअनुसार रोजगारीका लागि जेठ ३० गतेसम्ममा आवेदन दिन सकिनेछ ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहीबार १२:१४