काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाडी भाडा घट्यो, कुन रुटमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाडी भाडा घट्यो, कुन रुटमा कति ?



काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा सूचना प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको छ । राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ ।

अब काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । उपत्यकाबाहिर तर बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशत घटेको छ । प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको छ ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहीबार १३:००