सूर्यज्योति लाइफको अध्यक्षमा केशव भट्टराई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूर्यज्योति लाइफको अध्यक्षमा केशव भट्टराई



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई निर्वाचित भएका छन् । कम्पनीको हालै सम्पन्न भएको १५ औं बार्षिक साधारणसभाले भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

नव निर्वाचित अध्यक्ष भट्टराईले हिजो नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । भट्टराई साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष थिए । सुर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स आपसमा गाभिई २०७९ पौष ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट कारोबार हुँदै आएको छ । यद्यपि गत आवको संयुक्त बार्षिक साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

बार्षिक साधारणसभाले संस्थापक शेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा तथा विवेक झालाई सञ्चालकमा निर्वाचित गरेको छ भने सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा तथा प्रिया तायल निर्वाचित भएका हुन् । कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा चयन भएका हुन् ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहीबार १३:३२