‘आइएमई पे’ को नयाँ अफर – रु. १ को खेल आइएमई पे एपमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

‘आइएमई पे’ को नयाँ अफर – रु. १ को खेल आइएमई पे एपमा



काठमाडौं | आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । 

जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् । प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा “रु १ मा के” ब्यानरमा गइ खेल्न सक्नुहुनेछ । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने छन् । 

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ । 

प्रकाशित : ११ जेष्ठ २०८०, बिहीबार १५:१४