फूडमान्डुको फस्ट बाइटमा ५०० सम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

फूडमान्डुको फस्ट बाइटमा ५०० सम्म छुट



काठमाडौं । नेपालको अग्रणी फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरुलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन “फस्ट बाइट” ल्याएको छ ।

यस योजना अन्तर्गत फूडमान्डु एपका नयाँ प्रयोगकर्ताहरुले आफ्नो पहिलो अर्डरमा २५ प्रतिशत छुट ५०० सम्म पाउन सक्नेछन् ।

फूडमान्डुकी सिनियर ब्राण्ड मार्केटिंग एक्जिक्युटिभ अंकिता जोशीका अनुसार फस्ट बाइटले स्वादका पारखी युवाहरुलाई आकर्षण गर्न मात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरिका स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अंगाल्न खोजेको छ ।

नयाँ प्रयोगकर्ताहरुले फूडमान्डु एपबाट अर्डर गर्दा फस्ट बाइट भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सक्नुहुनेछ ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहीबार २०:२२