नेपाल हाइड्रोको शेयर बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल हाइड्रोको शेयर बाँडफाँट



काठमाडौं, २५ माघ  । नेपाल हाइड्रो डेभलपर लिमिटेडले स्थानीय बासीका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँट गरेको छ । कम्पनीले मंसिर २६ गतेबाट पुस १० गतेबाट २ करोड ६० लाख रुपैयाँ बराबरको २ लाख ६० हजार कित्ता प्राथमिक शेयर निष्कासन गरेको थियो ।

दोलखाका आयोजना प्रभावितका लागि साधारण शेयर निष्काशन गरेको कम्पनीमा आवेदन दिएका सबै लगानीकर्ताले शेयर प्राप्त गरेका छन् । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सबै आवेदकलाई ३० दशमलव १६ प्रतिशतका दरले शेयर प्राप्त गरेका छन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि पहिलो चरणमा यो संख्यामा शेयर जारी गरेको थियो । एकसय रूपैयाँ प्रतिशेयर मूल्य रहेको कम्पनीको शेयरमा सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्मको लागि आवेदन दिन सक्ने कम्पनीले व्यवस्था गरेको थियो । जसमा ३ दशमलव ३२ गुणा बढी अर्थात ८ लाख ६२ हजार १८० कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।

त्यस्तै हाल स्थानीयका लागि मात्रै शेयर जारी गर्न लागेको कम्पनीले केहि महिनाको अन्तरालमै दोस्रो चरणमा सर्वसाधारणलाई शेयर जारी गर्ने योजना गर्ने जानकारी दिएको छ । ६.८ मेगावाटको लोवर चर्नावती हाइड्रो इलेक्ट्रिक आयोजनाको निर्माण गर्न लागेको कम्पनीले सर्वसाधारणको लागि भने ३ लाख ९० हजार कित्ता शेयर जारी गर्ने भएको छ ।

प्रकाशित : २५ माघ २०७३, मंगलवार ११:२३