सुनचाँदीको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं। शुक्रबार सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ। बिहीबार पनि छापावाल सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार ११:२८