कुमारी बैंकको करिब १५ लाख कित्ता सेयर बिक्रीमा, एक कित्ताको मूल्य ११० रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कुमारी बैंकको करिब १५ लाख कित्ता सेयर बिक्रीमा, एक कित्ताको मूल्य ११० रुपैयाँ



काठमाडौं। कुमारी बैंकको करिब १५ लाख कित्ता सेयर जेठ १२ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो।

यो सेयरमा संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

यो लिलामी सेयरमा यही जेठ १९ गते अपराह्न १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक काठमाण्डौको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा पेस गर्नुपर्नेछ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार १२:२३