२९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार २९ अर्ब रुपैयाँ भन्दाबढीको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १२ अर्ब रुपैयाँ गरी कुल २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असार १२ गते, ९१ दिन अवधिको ट्रेजरी भदौ १२ गते, १८२ दिन अवधिको मंसिर १२ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ १५ गते परिपक्व हुनेछ । यसअघि बैंकले जेठ ९ गते ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार १३:१७