युनाइटेड र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का, यस्ताे छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

युनाइटेड र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का, यस्ताे छ कारण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले आगामी जेठ १४ गते आइतबारदेखि लागू हुने गरी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।

मर्जरपछि जेठ १४ गतेबाट एकीकृत कारोबार गर्न लागेका दुवै कम्पनीको मर्जर निर्देशिकाबमोजिम सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। यो निर्देशिकाबमोजिम मर्जर प्रयोजनका लागि बढीमा १५ दिनसम्म सेयर कारोबार रोक्का गर्न पाइन्छ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार १३:५६