सिद्धार्थ बैंकको इएमभी चिप कार्ड स‌ंचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैंकको इएमभी चिप कार्ड स‌ंचालनमा



काठमाडौं २५ माघ ।सिद्धार्थ बैंकले इएमभी चिप कार्ड स‌ंचालनमा ल्याएको छ । बैंकले दिँदै आएको विभिन्न कार्ड सेवाहरु – डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुको  स्तरोन्नति गरी इएमभी कार्डका रुपमा सञ्चालनमा ल्याएको बैंकले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

बैंकले अबदेखि ग्राहकहरुलाई इएमभी कार्ड उपलब्ध गराउनुका साथै हाल सञ्चालनमा रहेका म्याग्नेटिक स्ट्राइप डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई पनि प्रतिस्थापन गर्ने जनाएको छ ।

बैंकका अनुसार विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्राइप भएका कार्डहरुमा रहेका कमीकमजोरीहरुलाई हटाउन नयाँ इएमभी चिप कार्ड  प्रविधि सञ्चालनमा ल्याएको हो ।

यो कार्डले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउनेमा बैंकले विश्वास लिएको जनाएको छ ।
हाल बैंकले ८३ एटीएम, १ मोबाइल एटीएम र १५० भन्दा बढी पिअोएस मेसिनबाट सेवा दिँदै आएको छ ।

प्रकाशित : २५ माघ २०७३, मंगलवार १३:१६