नेपाल मोवाइल व्यवसायी महासंघ बागमती प्रदेशको २७ सदस्सीय समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

नेपाल मोवाइल व्यवसायी महासंघ बागमती प्रदेशको २७ सदस्सीय समिति गठन



काठमाडौं । नेपाल मोवाईल व्यवसायी महासंघ बागमती प्रदेशको प्रथम भेला २७ सदस्सीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । शनिबार बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भेलाले मोबाइल एसोसियसन अफ नेपाल मकवानपुरका पूर्व अध्यक्ष एसिस रिजालको नेतृत्वमा २७ सदस्सीय प्रदेश समिति गठन गरेको हो ।

भेलामा बागमती प्रदेशका १३ जिल्लाका ७० जना प्रतिनिधि सहभागी थिए भने बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ प्रमुख अतिथि थिए ।

भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मोवाईल विशुद्ध प्रविधिको उपकरण मात्रै नभई मानिसलाई चाहिने अतिआवश्यक वस्तुको रुपमा रहेको हुँदा सुरक्षित प्रयोगमा भने ध्यान दिनु पर्ने बताए । उनले मोबाइल मानव जीवनको अभिन्न अंगको रुपमा स्थापित भइसकेको र मोवाईलले विश्वलाई नै साघुरो बनाइदिएकोसमेत बताए ।

यस्तै मन्त्री श्रेष्ठले मोवाईल व्यवसायीले भोग्नुपरेको समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको र अवैधानिक रुपमा ल्याइने मोवाईलको नियमन गर्न सरकार तयार रहेकोसमेत स्पष्ट पारे ।

नेपाल मोवाईल व्यवसायी महासंघ बागमती प्रदेशका संयोजक छतेन्द्र आचार्यले मोवाइलको प्रयोगलाई सुरक्षित बनाउनेतर्फ व्यवसायीहरु प्रतिबद्ध रहेको भन्दै व्यवसायीका समस्या समाधानमा पनि सरकारको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शोभित प्रसाई, महासचिव रमेश घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश कोषाध्यक्ष कविराज खत्री, महासंघ मधेस प्रदेशका अध्यक्ष मोहन कार्की, गण्डकी प्रदेशका अध्यक्ष उदय केसी, म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाई, सल्लाहकार महेन्द्र राउत लगायत सहभागी थिए ।

प्रकाशित : १४ जेष्ठ २०८०, आईतवार १३:५२