व्यापार घाटा १० प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

व्यापार घाटा १० प्रतिशतले वृद्धि



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैशाखमा सात दशमलव एक प्रतिशतमा सीमित रहेको दावी गरेको छ । गत वर्ष सोही महिनामा मूल्यवृद्धि नौ दशमलव सात प्रतिशत थियो ।
बैशाखमा बार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थको मूल्य आठ दशमलव नौ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि पाँ दशमलव चार प्रतिशत रहेको राष्ट्र बैंकले यस आर्थिक वर्षको पहिलो १० महिनाका आधारमा तयार गरेको मुलुकको आर्थिक अवस्था सम्वन्धी प्रतिवेदनमा उल्लेख छ ।
गएको वर्ष मूल्यवृद्धि खाद्य तथा पेय पदार्थ १२ दशमलव नौ प्रतिशत र गैरखाद्य तथा सेवाको सात प्रतिशत थियो । बैशाखमा दाल तथा गेडागुडीको मूल्य २४ दशमलव पाँच प्रतिशत र मदिराजन्य पदार्थको मूल्य २१ द्यशमलव एक प्रतिशतले बढेको छ ।
त्यस्तै, फलफुल १३ दशमलव तीन र दुद्य पदार्थ र अण्डा १३ दशमलव चा प्रतिशतले बढेको छ । तरकारी पाँच दशमलव आठ प्रतिशतले बढेको छ । फर्निसिङ तथा घरायी उकरणको मूल्य १० प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकको समीक्षामा पहाडको मूल्यवृद्धि सुचकांक सात दशमलव सात प्रतिशत छभने तराईको छ दशमलव नौ प्रतिशत, काठमाडौंको छ दशमलव आठ प्रतिशत छ । बैशाखसम्म निर्यात पाँच दशमलव पाँच प्रतिशतले घटेर ७० अर्ब ९८ करोड पुगेको छ भने आयात आठ दशमलव एक प्रतिशतले बढेर आठ खर्ब एक करोड पुगेको छ ।
जसअनुसार कुल व्यापार घाटा पाँच अर्ब ५७ अर्ब १३ करोड (१० प्रतिशत वृद्धि) पुगेको छ । बैशाखसम्म शोधनान्तरस्थित एक खर्ब एक अर्ब १५ करोड रहेको छ । बैशाखमा विप्रेषण १० प्रतिशतले बढेर चार खर्ब ८९ अर्ब सात करोड रुपियाँ पुगेको छ ।

प्रकाशित : ५ असार २०७२, शनिबार १०:३१