सरकारले ठूला विद्युतिय गाडीमा कर घटाएर, बढायो सामान्य गाडीको कर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

सरकारले ठूला विद्युतिय गाडीमा कर घटाएर, बढायो सामान्य गाडीको कर



काठमाडौं । सरकारले महंगो १०० देखि २०० सय किलोवाटसम्मका विद्युतीय गाडीमा कर घटाएको छ । अगामी आर्थिक बर्षको लागि अर्थमन्त्री प्रकाशशरण महतले चर्को दबावपछि उक्त विद्युतीय गाडीमा अन्तशुल्क घटाएका हुन्।

त्यस्तै, सरकारले ५० देखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा भन्सार ५ प्रतिशत र १० प्रतिशत अन्तःशुल्क लगाएकाे छ । ५० भन्दा ठूलो १०० किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा भने १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटबाट १०० किलोवाटदेखि २०० किलोवाटसम्मको गाडीको भन्सार र अन्त: शुल्क १०/१० प्रतिशत घटाएका छन। यो सेग्मेन्टको भन्सार अब ३० प्रतिशतबाट ४० प्रतिशत र अन्तः शुल्क ३० प्रतिशतबाट बढेर ४० प्रतिशत पुगेको छ । यसभन्दा पहिला १०० देखि २०० किलोवाट क्षमतासम्मका सवारीमा २०/२० प्रतिशत भन्सार र अन्तशुल्क दर तोकिएको थियो ।

यस्तै २ सयदेखि ३ सय किलोवाटसम्मका विद्युतीय गाढीमा भन्सार ५ प्रतिशत मात्रै भन्सार घटेको छ। सरकारले २०० देखि ३०० किलोवाट क्षमतासम्मका सवारीमा भन्सार शुल्क ४० प्रतिशत कायम गरेको छ । यसअघि ४५ प्रतिशत थियो । यो रेन्जका विद्युतीय सवारीमा अन्तशुल्क ४५ प्रतिशत नै कायम छ ।

आगामी आर्थिक वर्षको बजेटले ३०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीको भन्सार दर ६० देखि ८० प्रतिशतसम्म कायम गरिएको छ । यसअघि यस्तो दर ६० प्रतिशत थियो ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलवार १२:१०