साथीको विवाहमा जीवन बीमा उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

साथीको विवाहमा जीवन बीमा उपहार



महोत्तरी । बर्दिबास महोत्तरी निवासी परमेश्वर महतोको विवाहमा साथीले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफइन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंहले आफ्ना साथीपरमेश्वर महतोेको यही जेठ १५ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन् ।

प्रभु लाइफ इन्स्योरेन्सको जीवन स्पर्स बीमा योजना उपहार दिएका हुन् । आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंहले बताए । विवाहमा अन्य जिन्सी उपहार दिनु भन्दा जीवनबीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्तगरे । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो । परमेश्वर महतोको विवाह अम्बिका महतोसँग भएको हो । होटल व्यवसायी दुलाहा परमेश्वर महतो विभिन्न संघ संस्थासँग समेत आवद्ध रहेका छन् ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलवार १८:५६