पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनी कालोसूचीमा, कुन-कुन परे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनी कालोसूचीमा, कुन-कुन परे ?



काठमाडौं । सरकारले २३ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा परेकामा कलेज अफ इम्प्लोइमेन्ट प्रालि (चितवन), पप्पु कन्स्ट्रक्सन (काठमाण्डौ), कोशी एण्ड न्यौपाने निर्माण सेवा, वाईपी कन्स्ट्रक्सन लगायत छन्। मोहोन न्यौपाने मुख्य व्यक्ति रहेको कलेज अफ इम्प्लोइमेन्टलाई उद्योग मन्त्राल अन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा ३ वर्षसम्म कालोसूचीमा राखिएको छ।

यसैगरी सुमित रौनियार नेतृत्वको पप्पु कन्स्ट्रक्सन प्रालि र भावेश बोहोरा नेतृत्वको कोशी एन्ड न्यौपाने निर्माण सेवा प्रालि २ वर्षसम्म कालोसूचीमा परेका छन्। पप्पु÷कोशी एन्ड न्यौपाने जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखपरा र शहीद मार्ग सडक आयोजना लिवाङ रोल्पाले कालोसूचीमा राख्न सिफारिस गरेका थिए।

पुष्पलाल ९मध्यपहाडी० राजमार्ग आयोजना निर्देशनालय र पुष्पलाल राजमार्ग आयोजना कार्यालय दैलेखको सिफारिसमा सुरेन्द्र प्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि ललितपुरलाई कार्यालयले १ वर्ष ६ महिनासम्म कालोसूचीमा राखेको छ।

ती निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

प्रकाशित : 31 May, 2023 11:55 am