सिटिजन्स बैंकद्वारा काँडाघारीमा शाखा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंकद्वारा काँडाघारीमा शाखा सञ्चालनमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको काँडाघारीमा शाखा सञ्चालनमा ल्याएको छ । जेठ १७ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र सिटिजन्स बैंकको ३६ शाखा संचालनमा आएका छन् ।

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार १३:५४