सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १२ हजार रुपैया र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहीबार ११:५७