श्री एकता वुद्ध बचत तथा ऋण सहकारीका कार्यकारी अध्यक्षसहित ६ जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

श्री एकता वुद्ध बचत तथा ऋण सहकारीका कार्यकारी अध्यक्षसहित ६ जना पक्राउ



काठमाडौं । सहकारीमा बचतकर्ताले जम्मा गरेको करोडौं रकम हिनामिना गरेको आरोपमा काठमाडौंमा रहेको एक सहकारीका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारी पक्राउ परेका छन् ।

काठमाडौंको बुढानिलकण्ठमा रहेको श्री एकता वुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारी ८ करोड १८ लाख भन्दा धेरै रकम हिनामिना गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उक्त संस्थामा बचतकर्ता बाट सङ्कलन गरेको निक्षेपलाई नीजि प्रयोगमा खर्च गरेर करोडौंको हिनामिना गरेको बचतकर्ताको आरोप रहेको छ ।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहीबार १६:२२