नेसनल माइक्रोफाइनान्स लघुुवित्तको विशेष साधारण सभा असार ३ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेसनल माइक्रोफाइनान्स लघुुवित्तको विशेष साधारण सभा असार ३ गते



काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुुवित्तले असार ३ गते विशेष साधारण सभा गर्ने भएका छन् । कम्पनीले समिट लघुवित्तसँग मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्न धादिङ क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सभा गर्न लागेको हो ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा संयुक्त मर्जर समितिले सिफारिस गरे बमोजिम १००ः७३ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पेश हुनेछ । जसअनुसार नेसनलको १०० कित्ता सेयर बराबर समिटको ७३ कित्ता सेयर अनुपात कायम हुनेछ ।

नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जर प्रयोजनका लागि अन्तिम सम्झौतालगायत अन्य सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाइ अख्तियारी दिने एजेन्डा छ ।

साथै, मर्जर सम्बन्धमा भएका प्रारम्भिक समझदारी पत्र, संयुक्त मर्जर समितिबाट भएका निर्णय तथा खर्चहरु पनि पारित गर्ने प्रस्ताव सभामा पेश हुनेछ । यता, दुई लघुवित्त गाभिएपछि ‘नेसनल समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि जेठ २५ गतेदेखि बुक क्लोज हुने भएकाले जेठ २४ गतेसम्म कायम रहने सेयरधनी मात्र भाग लिन सक्नेछन् ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार १४:००