पशुपति सहकारीका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई पत्राचार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

पशुपति सहकारीका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई पत्राचार



काठमाडौं । सहकारी विभागले ललितपुरको कुमारीपाटीमा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्राचार गरेको छ ।

सहकारी विभागले शुक्रबार सहकारीका अध्यक्ष लामालगायत सञ्चालकलाई पक्राउ गर्न अनुरोध गरेको हो । सहकारी ऐनको दफा १२९ मा भएको व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरिएको विभागले जनाएको छ ।

विभागले सहकारीका अधयक्षलगायत पदाधिकारीलाई पटक-पटक स्पष्टीकरण सोधेको तर जवाफ चित्त नबुझेपछि पक्राउका लागि पत्रचार गरेको बताएको छ । विभागले दिएको निर्देशन अटेर गरेको, बचतकर्ताको पैसा फिर्ता नदिएपछि पक्राउका लागि पत्राचार गरेको विभागले जनाएको छ ।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार १७:३५