लगानीकर्ताले ब्रोकर कार्यालयमा गरे तालाबन्दी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

लगानीकर्ताले ब्रोकर कार्यालयमा गरे तालाबन्दी



काठमाडौं । आन्दोरनरत सेयर लगानीकर्ताहरुले विभिन्न ब्रोकर कार्यालयमा ताला लगाएका छन् । शुक्रबारदेखि नै आन्दोलनमा रहेका उनीहरु विभिन्न ब्रोकर कार्यालयमा ताला लगाएर अर्थ मन्त्रालय पुगेका हुन् ।

गत शुक्रवारदेखिनै आन्दोलन जारी राखेका लगाकर्ताहरूले कर नीति खारेजीको माग राख्दै आज सबै सिष्टम बन्द गर्न चेतावनी दिएका हुन् । लगानीकर्ताहरूले सरकारले नीति खारेज नगरेसम्म आफ्नो आन्दोलनमा सहयोग गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ब्रोकरहरूलाई ज्ञापनपत्र बुझाएर आग्रह गरेका थिए ।

विद्यमान पुँजीगत लाभकर (५ प्रतिशत र ७.५ प्रतिशत) नै अन्तिम कायम गर्नुपर्ने भन्दै लगानीकर्ताहरु सडकम उत्रिएका हुन् । सरकारले बजेटमार्फत र त्यसपछि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुविधा उत्पन्न हुने गरी सूचनाहरु जारी गरेपछि लगानीकर्ता रुष्ट भएका हुन् ।

यदि कुनै ब्रोकरले ताला खोलेमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम हुने लगानीकर्ताहरुको चेतावनी छ।

प्रकाशित : २१ जेष्ठ २०८०, आईतवार ११:२३