पूँजीगत लाभकरका बिषयमा सरकार पछाडि हट्यो,अब ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

पूँजीगत लाभकरका बिषयमा सरकार पछाडि हट्यो,अब ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम



काठमाडाैं । पूँजीगत लाभकरका बिषयमा सरकार ब्याक भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच भएको छलफलमा सहमति भएको हो ।

दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेकाे छ । सरकारले यस विषयमा सुचना जारी गरेको छ ।

सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकरका बिषयमा सहमति भएको हो । अब ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने छ ।

‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ,’ सुचनामा भनिएको छ, ‘त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुनेछ ।’ तर, सरकारले आर्थिक विधेयकको २९ नम्बर बुँदा भने फिर्ता लिएको छैन र फिर्ता लिने प्रतिबद्धता पनि व्यक्त गरेको छैन ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली र नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेशकुमार हमाल समेत सहभागी छलफलमा विगतको आय विवरण पेश गरेर कर तिर्नुपर्ने व्यवस्था कार्यान्वयन नहुने र प्राकृतिक व्यक्तिलाई पूँजीगत लाभकर नै अन्तिम कर कायम गर्ने सहमति भएपछि कारोबार सुरु हुने भएको हो ।

प्रकाशित : २१ जेष्ठ २०८०, आईतवार १२:०६