नेपाल लाइफले ३०.०८ प्रतिशत बोनस सेयर वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल लाइफले ३०.०८ प्रतिशत बोनस सेयर वितरण गर्ने



काठमाडाै २७ माघ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३०.०८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस बोनससेयर वापतको करसहति हो । गत मिहना कम्पनीले जारी गरेको एफपीओलाई समेत बोनस प्रदान गरिने हुँदा यो अनुपात घट्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले गतबर्षको कमाईबाट ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ हजार ९८६ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने जनाएको छ । करसहति कम्पनीले ३०.०८ प्रतिशत लाभांस बाड्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांस केही समय अगाडी बिक्री गरेको थप नयाँ साधारण सेयर अर्थात एफपीओलाई पनि प्रदान गर्नेछ । एफपीओलाई बोनस दिदा बोनस अनुपात घटेर २६.३१ प्रतिशत कायम हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४९९ कित्ता एफपिओ जारी गरेको थियो । पुस २७ गते बाट आवेदन खुलेको कम्पनीको एफपीओमा दुई लाख ४८ हजार ५० आवेदकबाट कूल ५१ अर्ब ८८ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

प्रकाशित : २७ माघ २०७३, बिहीबार ०५:५३