सेयर बजारमा ५३.०३ अंकको बृद्धि, एक अर्ब ६५ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा ५३.०३ अंकको बृद्धि, एक अर्ब ६५ करोडको कारोबार



काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । सरकारसंग पुँजीगत लाभकर नै अन्तिम भएको सहमति पश्चात आज बजार ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ९.४९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.५९ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स २.९४ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज २७० कम्पनीको ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १५ करोड ८१ करोडको सेयर किनबेच भएको छ ।

यस्तै, आज एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर सकारात्मक लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्ने कम्पनी आइिजिआई इन्स्योरेन्स रहेको छ । आज आइजिआईको सेयर मूल्य ३७.०८ रुपैयाँले वृद्धि भएको छ ।

त्यस्तै, सकारात्मक सर्किट लेभलमा कारोबार हुनेहरु क्रमशस् सामुदायिक लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड९१, सोल्टी होटल र तारागाउँ रिजेन्सी रहेको छ ।

प्रकाशित : २१ जेष्ठ २०८०, आईतवार १७:२९