निर्जीवन बीमा कम्पनीले १० महिनामा उठाए ३२ अर्ब ६८ करोड बीमा शुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

निर्जीवन बीमा कम्पनीले १० महिनामा उठाए ३२ अर्ब ६८ करोड बीमा शुल्क



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाखसम्ममा ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले यस अवधिमा २३ लाख ५० हजार ६५२ बीमालेख बिक्री गरेर सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।

बैशाख महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले एक लाख ८४ हजार ३१४ वटा बीमालेख बिक्री गरी २ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यस अवधिसम्मा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसाय गर्न सफल भएको छ। कम्पनीले यस त्रैमासको अवधिसम्मा ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीले २ लाख ८४ हजार ७३० बीमालेख बिक्री गरेर ३ अर्ब ७३ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी रहेको छ। यस इन्स्योरेन्सले ३ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। साथै, यस अवधिमा नेको इन्स्यारेन्सले दुई अर्ब ४५ करोड ९३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब ४९ करोड ४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले दुई अर्ब २ करोड ५१ लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्स कम्पनीले एक अर्ब ९८ करोड ८० लाख रुपैयाँ संकलन गरेका छन् ।

त्यस्तै, सानिमा जिआइसी इन्स्यारेन्स कम्पनीले एक अर्ब ८२ करोड ५ लाख रुपैयाँ र अजोड इन्स्यारेन्स कम्पनीले एक अर्ब ७१ करोड २६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले एक अर्ब २७ करोड १० लाख रुपैयाँ र नेपाल इन्स्यारेन्स कम्पनीले एक अर्ब २७ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

निर्जीवन बीमा व्यवसाय गर्नेहरुमध्ये सबैभन्दा कमजोर नेशनल इन्स्योरेन्स कम्पनी देखिएको छ । बैशाख मसान्तसम्म यस कम्पनीले ८२ करोड ४२ लाख बीमा शुल्क संकलन गरेको छ । यसका साथै युनाइटेड इन्स्योरेन्सले एक अर्ब १५ करोड ५४ लाख बीमाशुल्क संकलन गरेको छ भने दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले एक अर्ब १६ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी बैशाख मसान्तसम्म पु्रडेन्सियल इन्स्योरेन्सले एक अर्ब १५ करोड ८९ लाख रुपैयाँ र आईएमई जनरल इन्स्योरेन्सले एक अर्ब ५१ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यी दुई कम्पनी एक आपसमा मर्ज भई बैशाख २६ गतेदेखि आईजीआई प्रुडेसिन्यल इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गरिसकेका छन् । एकीकृत कारोबार पछि बनेको यस कम्पनीले २ करोड ९१ लख ८२ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

प्रकाशित : २१ जेष्ठ २०८०, आईतवार १७:५८