नुवाकोटको फाँटपौवामा गरिमा विकास बैंकले गर्याे निशुल्क स्वास्थ्य शिविर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नुवाकोटको फाँटपौवामा गरिमा विकास बैंकले गर्याे निशुल्क स्वास्थ्य शिविर



काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले जेठ २० गते शनिवार बेलकोटगढी नगरपालिका वडा नं २, फाँटापौवा, नुवाकोट स्थित जनजागरण सामुदायिक पुस्तकायल स्रोत केन्द्रमा १ दिने निःशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, चावहिल र यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टसंगको सहकार्यमा उक्त शिबिर गरिएकाे बैकले जनाएकाे छ ।

बेलकोटगढी नगरपालिका २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि माननीय अर्जुन नरसिंङ्ग के.सी र विशिष्ट अतिथिहरुमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष डा. आनन्त प्रसाद श्रेष्ठ, बेलकोटगढी नगरपालिका मेयर जगत बहादुर लामा, यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टका अध्यक्ष श्री केदार नरसिंङ्ग के.सी र विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का स्वास्थ्यकर्मीहरुद्धारा सामान्य स्वस्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोग लगायत रोगहरुको परीक्षण एव भिडियो एक्सरे र ई.सी.जी लगायतका सेवाहरु प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

शिबिरमा करिब ७०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बताए । बृहत निशुल्क स्वास्थ्य शिविरबाट थुप्रै स्थानिय बासीहरु लाभान्वित भएको र आगामी दिनहरुमा समेत यस्ता मानवीय कार्यक्रमहरुलाई निरन्तरता दिने सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले बताए ।

प्रकाशित : २१ जेष्ठ २०८०, आईतवार १८:५४