सुनचाँदीको मुल्य स्थिर, कतिमा हुदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर, कतिमा हुदैछ कारोबार ?



काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहँदै प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

साथै, तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुनको मुल्य प्रतितोला प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार १०:५६