वैदेशिक रोजगार बीमालेखबाट १० बीमा कम्पनीले संकलन गरे २ अर्ब ७१ करोड, कसको आर्जन बढी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

वैदेशिक रोजगार बीमालेखबाट १० बीमा कम्पनीले संकलन गरे २ अर्ब ७१ करोड, कसको आर्जन बढी ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ७१ करोड २३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १० वटा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाखसम्ममा बैदेशिक रोजगार बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिसम्म सक्रिय बीमालेखको संख्या १५ लाख २३ हजार २६८ वटा रहेका छन् । बैदेशिक रोजगार बीमालेखबाट बैंशाख महिनामा मात्रै ५८ हजार ५०० वटा बीमालेख जारी गरी २३ करोड ३६ लाख ८८ हजार रुपैंया बरावरको बीमा शुल्क संकलन गरेका छन् ।

यस अवधिमा सबै भन्दा धेरै बीमालेख जारी गरेको सन नेपाल लाइफले ९५ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ७ लाख २६ हजार ६२९ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

यस्तै सूर्यज्योति लाइफले २ लाख ८० हजार ६३४ वटा बीमालेख जारी गरी ३७ करोड १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा आइएमई लाइफले ३६ करोड ६८ लाख रुपैयाँ, नेपाल लाइफले ३४ करोड २१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २१ करोड ४५ लाख रुपैयाँ बैदेशिक रोजगार बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

यसैगरी सिटिजन लाइफ, रिलायवल नेपाल लाइफ र नेशनल इन्स्योरेन्सले पनि बैदेशिक रोजगार बीमालेख बिक्री गरी १० करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।

बैशाख महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ५८ हजार ५०० वटा बीमालेख बिक्री गरी २३ करोड ३६ लाख ८८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांक छ ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार १२:०४